हिमालयन बैंकले लाभांश वितरण नगर्ने
४ पुष २०८०, बुधबार १०:२८
काठमाडौं । हिमालयन बैंक लिमिटेडले गत आवको नाफाबाट लाभांश वितरण नगर्ने घोषणा गरेको छ । बैंकको आज (पुस ४ गते) बसेको बैठकले शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
साथै, उक्त बैठकले लाभांश वितरण नगर्ने गरी गत वर्षको वित्तिय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृति भएपश्चात् सो वित्तीय विवरण बैंकको आगामी वार्षिक साधारण सभामा स्वीकृतिको लागि पेश गरिने बैंकले जनाएको छ ।
hima