खानेपानी संस्थानमा जागिर खुल्यो, कुन पदमा कति ? (सूचनासहित)

४ पुष २०८०, बुधबार ०९:२२

काठमाडौं । नेपाल खानेपानी संस्थानले करारमा खुला प्रतिष्पर्धाबाट पदपूर्ति गर्न दरखास्त मागेको छ । देशका विभिन्न स्थानमा रिक्त पदपूर्तिका लागि ६१ जनाको दरखास्त खुलेको हो ।

संस्थानले प्रकाशित गरेको सूचना अनुसार सबैभन्दा धेरै पोखरामा १८ जना माग गरिएको छ भने बुटवलमा १० जनाका लागि दरखास्त खुलेको छ ।

खुला प्रतिष्पर्धा अन्तर्गत अन्तरर्वार्ता र प्रयोगात्मक परीक्षा हुने र ६ महिनाको करार अवधि हुने बताइएको छ । जुनियर पलम्बरदेखि कार्यालय सहयोगीसम्म माग गरेको संस्थानले ३० योग्यता पुग्ने इच्छुक उम्मेदवारले ३० दिनभित्र सम्बन्धित शाखा कार्यालयमा दरखास्त बुझाउन सक्ने सूचनामा उल्लेख छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*