प्रारम्भिक शेयर निष्कासनको प्रस्तावसहित पुवा खोला–वान हाइड्रोपावरले डाक्यो साधारणसभा
काठमाडौं । पुवा खोला–वान हाइड्रोपावर लिमिटेडले साधारण सभा डाकेको छ । कम्पनीको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनी प्रा.लि बाट लिमिटेडमा रुपान्तरण भए पश्चातको छैठौं वार्षिक साधारण सभा पुस २६ गते बिहीबार कम्पनीको केन्द्रीय कार्यालय, अनामनगर काठमाडौंमा बिहान ११ बजेदेखि बोलाएको हो ।
उक्त सभाले प्रारम्भिक शेयर निष्काशन गर्ने, सर्वसाधारका लागि बिक्री गरिने शेयर र संस्थापक शेयरको अनुपातलाई फेरबदल गर्न र अधिकृत पूँजी र जारी पूँजी बृद्धि गर्न प्रबन्धपत्र र नियमावली संशोधन गर्नेजस्ता प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी, सभामा कम्पनीको जगेडा शेयर खरिद गर्न स्वीकृति प्रदान गरी शेयर लागत कायम गर्ने, सञ्चालक समितिको फेरबदल गर्ने, स्वतन्त्र सञ्चालक मनोनयन गर्ने, डाइरेक्टर एडभान्सको रुपमा रहेको रकमलाई कम्पनीको शेयरमा कायम गर्ने र शेयर निष्काशन सम्बन्धी आवश्यक काम कारबाही गर्न सञ्चालकलाई अख्तियारी दिनेजस्ता एजेण्डा राखिएको छ ।