सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा

४ पुष २०८०, बुधबार ०७:५५

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले शेयरधनीको नाममा रहेको १ लाख ७१ हजार १० कित्ता शेयर बिक्रीमा राखेको हो ।

उक्त शेयर खरिको पहिलो हक विद्यमान संस्थापक शेयरधनीहरुलाई रहेको छ । सो शेयर खरिद गर्न इच्छुक शेयरधनीले आवश्यक कागजात संलग्न गरी खरिद गर्न चाहेको शेयर विवरणसमेत खुलाई ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, बालुवाटार काठमाडौंमा आवेदन दिनुपर्नेछ ।

साथै, तोकिएको समयभित्र शेयरधनीबाट खरिद आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रकिया अघि बढाइने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*