दुई कम्पनीको लाभांश सुनिश्चित गर्ने आज अन्तिम दिन
४ पुष २०८०, बुधबार ०७:४१
काठमाडौं । सोल्टी होटल र भगवती हाइड्रोपावरको लाभांश सुनिश्चित गर्ने आज (पुस ४ गते) अन्तिम दिन रहेको छ । यी दुबै कम्पनीले सभा प्रयोजनार्थ भोलि बुक क्लोज गर्दैछन् ।
सोल्टी होटलले गत वर्षको नाफाबाट शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र २६.५७८ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव पारित गर्नेछ । यस कम्पनीले पुस २६ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा बिहान साढे १० बजेदेखि सभा बोलाएको छ ।
त्यस्तै, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले हाल कायम चुक्ता पूँजीको १०.५२६३ प्रतिशत (६ करोड २ लाख १७ हजार ३३६ रुपैयाँ ८४ पैसा) बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यस कम्पनीले पुस २४ गते अपर्ण ब्यांक्वेट थापागाउँ काठमाडौंमा बिहान १० बजेदेखि सभा बोलाएको छ ।