स्वतन्त्र पार्टीका सभापति रविको खरो प्रश्नमाथि प्रधानमन्त्री प्रचण्डको चट्टानी प्रतिबद्धता: ‘एनसेलमाथि कारवाही गरेरै छोड्छु’
काठमाडौं । मंगलबार सिंहदरवारस्थित प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था समितिको बैठकमा प्रधानमन्त्री प्रचण्डलाई स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई खरो प्रश्न तेस्र्याए । प्रश्न मात्रै तेस्र्याएनन्, प्रधानमन्त्री प्रचण्डले एनसेल काण्डका दोषीहरुमाथि कारवाही हुनेमा आशंका व्यक्त गरे । रवि लामिछानेले नै झै अन्य सांसदहरुले पनि प्रचण्डमाथि खरो प्रश्न तेस्र्याए ।
टेलिभिजनबाटै प्रश्न गरेरै नेपालको राजनीतिमा वाहवाही पाउँदै अघि बढेका रवि लामिछानले गरेको खरो प्रश्नको प्रधानमन्त्री प्रचण्डले चट्टानी अडान व्यक्त गरेर कारवाही हुनेमा हुक्क हुन मात्रै भनन्, उल्टै सरकारको प्रतिबद्धतापछि अब सबै सांसद र पार्टीहरुलाई एनसेलमाथि कारवाही गर्न सरकारलाई सहयोग गर्न आग्रह गरे । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेल काण्डका जुनसुकै दोषीहरुलाई कारवाही गरी कानुनको दायरामा ल्याएरै छोड्ने संकल्प संसद सामू गरेका छन् । दृढतापूर्वक काम गर्ने प्रतिबद्धता सुनेर स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितका सांसदहरुले चित्त बुझाएका छन् ।
आज प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिको बैठकमा उपस्थित भएर सांसदहरुको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले एनसेलको शेयर किन्ने कार्यमा संलग्न व्यक्ति आफूले चिनेकै र कुराकानी भइरहेको व्यक्ति रहेको जानकारी दिँदै चिनकै विषयमा कारवाही गर्ने सम्बन्धमा दृढतापूर्वक लडाई लड्ने चट्टानी अडान व्यक्त गरेका छन् ।
प्रम प्रचण्डले भने, ‘तपाईहरुले भन्नुभयो, नेपालमा काण्डैकाण्डै भए भनेर भन्नुभयो । तर यो पटकको काण्ड कस्ता छन् ? मिटरब्याजी काण्ड, भुटानी शरणार्थी काण्ड, बालुवाटार काण्ड, सुन तस्करी काण्ड । मैले सुन तस्करी भइरहेको छ भन्ने सूचना पाएपछि मेरै मातहतमा भएको निकायलाई राम्रोसँग हेर्नुस भनेर भनेपछि समातिएको हो त्यो सुन ।’ प्रधानमन्त्री प्रचण्डले एनसेल काण्डमा कुनै पनि हालतमा उन्मुक्ति नदिने बताउँदै एनसेलको शेयर किन्ने भनेको व्यक्तिको घेरैमा गएर बसेको खुलस्त पार्दै चिनेको र उनको घरमा गएकै भरमा आफूले कसैलाई उन्मुक्ति नदिने र आफूले राष्ट्रियहितको पक्षमा लडाई लड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रम प्रचण्डले अन्य दलहरुलाई समेत एनसेल काण्डमा सरकारलाई सहयोग गर्न आह्वान गरेका छन् ।
आजको राज्य व्यवस्था समितिको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले हालै एनसेलको ८० प्रतिशत शेयर खरिद गर्ने गैरआवासीय नेपाली व्यवसायी सतिशलाल आचार्यसँग आफ्नो मात्र होइन, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राम्रै चिनजान रहेको बताए ।
प्रधानमन्त्री प्रचण्डले चट्टानी अडान प्रस्तुत गर्दै एनसेल काण्डलाई कानुनी दायरामा ल्याएरै छोड्ने प्रतिबद्धता व्यक्त गरेसँगै प्रश्न गर्ने स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेसहितका सांसदहरु चित्त बुझाएको प्रष्टै देखिन्थ्यो ।