नेप्से बढेसँगै होटल्स एण्ड टुरीजम उपसूचकका सबै कम्पनीको शेयरमूल्य बढ्यो, कुनले कति कमाए ?

३ पुष २०८०, मंगलवार १७:४०

काठमाडौं । कारोबार साताको तेस्रो दिन अर्थात मंगलबार शेयर बजारमा हरियाली छाउदा होटल्स एण्ड टुरीजम उपसूचकका सबै कम्पनीहरुको शेयरमूल्य उच्च अंकले बृद्धि भएको छ ।

कारोबारको अघिल्लो दिन ३८ अंकले बढेको नेप्से परिसूचक आज ४५ दशमलव ९८ अंकले बढेर २१०६ को विन्दुमा कायम भएको छ ।

मंगलबार होटेल र टुरिस्म उपसूचक ६ दशमलव ९४ प्रतिशत अर्थात ३९५ अंकले बृद्धि भएर ६ हजार ८८ को विन्दुमा कायम भएको छ । यस क्षेत्रमा आज कारोबार भएका ६ कम्पनीहरुमध्ये ६ कम्पनीको नै शेयरमूल्य बृद्धि भएको छ ।

नेप्से परिसूचक बढेसँगै आज तारागाउँ रिजेन्सी होटेल, सिटी होटेल, ओरियन्टल होटल्स, चन्द्रागिरी हिल्स, सोल्टी होटल र कालिन्चोक दर्शनको शेयरमूल्य बढेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*