लाभांश प्रस्तावसहित मञ्जुश्री फाइनान्सद्वारा साधारण सभा आह्वान
३ पुष २०८०, मंगलवार १२:१८
काठमाडौं । लाभांश प्रस्ताव पारित गर्नका लागि मञ्जुश्री फाइनान्सले १६औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।
सभाले हाल कायम चुक्ता पूँजीको ५।२६३ प्रतिशतका दरले हुन आउने ७ करोड ११ लाख ३२ हजार २२६ रुपैयाँ ४३ पैसा बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
सभाले गत आर्थिक वर्ष २०७९।८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेण्डा पनि राखिएको छ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ फाइनान्सले पुष ११ गते बुकक्लोज गर्ने भएको छ।