सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्धारा १६ करोड आयकर ठूला करदाता कार्यालयमा भुक्तानी
३ पुष २०८०, मंगलवार ११:३८
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले १६ करोड १४ लाख ३६ हजार ६६६ रुपैयाँ आयकर ठूला करदाता कार्यालयमा भुक्तानी गरेको छ । आर्थिक ऐन, २०८० को दफा २६ मा फर्दर पब्लिक अफरिङ बाट प्रिमियम मूल्यमा सेयर जारी गरी प्राप्त भएको रकमबाट हिताधिकारीमा बोनस शेयर वितरण गर्दा आयमा समावेश गरी कर लाग्ने व्यवस्था छ ।
उक्त कर २०८० मंसिर मसान्तसम्म भुक्तानी गरेमा आयकर ऐन, २०५८ बमोजिम लाग्ने शुल्क तथा ब्याज छुट सुविधा हुने व्यवस्था छ । सर्वोच्च अदालतले बैंक तथा बीमा कम्पनीको रिट खारेजी गरेपछि नेकोले विगत वर्षहरुमा हकप्रद शेयरहरु बोलकबोल प्रक्रिया मार्फत बिक्री गर्दा प्राप्त भएको प्रिमियम रकमबाट कर तिरेको जनाएको छ ।