सानिमा रिलायन्स लाइफबाट दिपायल सिलगढी नगरपालिकाले सम्पूर्ण कर्मचारीको बीमा गर्ने
काठमाडौं । डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिकाको वडा नम्बर २ ले कर्मचारीको बीमा गरिदिने भएको छ । वडाले कार्यालयमा कार्यरत कर्मचारीको मनोबल बढाउनुका साथै आम सेवाग्राहीप्रति उत्तरदायि बनाउने उदेश्यले बीमा गर्न लागेको हो ।
दिपायल सिलगढी नगरपालिका २ का वडा अध्यक्षले वडा कार्यालयका कर्मचारी, वडाभित्र रहेका विद्यालयका शिक्षक तथा कर्मचारी, स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी, कर्मचारी, एम्बुलेन्स चालक र जनप्रतिनिधि गरेर करिब ८० जनाको स्वास्थ्य बिमा गर्ने निर्णय गरिएको बताएका छन् ।
साथै, उनले बीमा गरेपछि कुनै दुर्घटना भइहाले पनि उनको परिवारले ५ लाख रुपैयाँसम्मबीमा बापतको दावी भुक्तानी पाउने रकम पाउने बताए ।
वडाले वैदेशिक रोजगारीमा गएकाहरूको पनि बीमा गरिदिने योजना बनाएको छ । वैदेशिक रोजगारीमा गएकाहरू घर आएको बेला बीमा गरिदिने अध्यक्ष खड्काले जानकारी दिए ।
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीबाट स्वास्थ्य बीमा गराउने वडा समितिले निर्णय गरेको छ । कर्मचारीको उमेर अनुसार प्रतिव्यक्ति १ हजार ३ सय ५० देखि २ हजार रुपैयाँसम्म बिमा शुल्क लाग्ने छ ।