हकप्रद शेयर र मर्जर प्रस्तावसहित सगरमाथा जलविद्युतले बोलायो साधारणसभा
काठमाडौं । सगरमाथा जलविद्युत कम्पनीले साधारण सभा बोलाएको छ । कम्पनीले पुस २५ गते काठमाडौंमा अपरान्ह १ बजेदेखि सभा बोलाएको हो ।
सभाले हाल कायम चुक्ता पुँजी (१ अर्ब १२ करोड रुपैयाँ) को १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, अन्य उपयुक्त जलविद्युतसँग मर्जर तथा एक्विजिशनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।
सभामा गत वर्षको सञ्चालक समितिको वार्षिक तथा लेखापरीक्षको प्रतिवेदन छलफल र पारित गर्ने र लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेलगायतका एजेण्डा रहेका छन् । त्यस्तै, सभामा सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुको निर्वाचन गरिनेछ।
सभा प्रयोजनार्थ कम्पनीले पुस १२ गते बुक क्लोज गर्ने भएको छ । जस अनुसार पुस ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनी सभामा भाग लिन योग्य हुनेछन् ।