चार महिनामा विकास बैंकद्धारा साढे १ अर्ब रुपैयाँ मुनाफा आर्जन, मुक्तिनाथ विकास बैंक अग्रस्थानमा

२ पुष २०८०, सोमबार १८:५७

काठमाडौं । चालु आर्थिक वर्षको चार महिनामा विकास बैंकहरुले १ अर्ब ६२ करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।

यसअवधिसम्ममा १३ वटा बैंकहरुले खुद नाफा आर्जन गरेका छन् भने ४ वटा विकास बैंकहरुले घाटा व्यहोरेका छन् । सर्वाधिक खुद नाफा आर्जन गर्नेमा मुक्तिनाथ विकास बैंक रहेको छ । मुक्तिनाथले ४ महिनामा ३१ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

त्यसैगरी, साईन रेसुङ्गा डेभलपमेन्ट बैंकले २५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ भने गरिमा विकास बैंकले २४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । यस्तै, लुम्बिनी डेभलपमेन्ट बैंकले १८ करोड १० लाख, महालक्ष्मी विकास बैंकले १७ करोड १५ लाख र कामना सेवा विकास बैंकले १७ करोड १० लाख रुपैयाँ खुद नाफ आर्जन गरेका हुन् ।

सोहि अवधिमा ४ विकास बैंकहरु भने खुद घाटामा छन् । घाटामा रहेका बैंकहरुमा नारायणी डेभलपमेन्ट बैंक, सालपा विकास बैंक, सप्तकोशि विकास बैंक र एक्सेल डेभलपमेन्ट बैंक रहेका छन् ।
यी मध्ये सबैभन्दा धेरै घाटा एक्सेलको रहेको छ। ४ महिनामा एक्सेलको खुदघाटा २० करोड ९० लाख रुपैयाँ रहेको छ । त्यसैगरी, सप्तकोशी को खुदघाटा ११ करोड ७० लाख, सालपाको खुद घाटा २ करोड १४ लाख र नारायणीको खुद घाटा १ करोड ६० लाख रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*