माइक्रोफाइनान्स सेक्टरमा उछाल आउदा सबै लघुवित्तको शेयरमूल्य बृद्धि, कुनको कति ? (सूचीसहित)
२ पुष २०८०, सोमबार १७:४२
काठमाडौं । कारोबार साताको दोस्रो दिन अर्थात सोमबार शेयर बजारमा हरियाली छाएसँगै कारोबार भएको सबै लघुवित्त कमपनीको शेयरमूल्य बृद्धि भएको छ । आज नेप्से परिसूचक ३८.१४ अंकले बढेर २०६०.४९ को विन्दुमा कायम भएको छ ।
शेयर बजार बढेसँगै माइक्रोफाइनान्स उपसूचक पाँच दशमलव ५३ प्रतिशत अर्थात १९७ अंकले बढेर पाँच हजार ७५९ को बिन्दुमा कायम भएको छ । साथै, सोमबार तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । जसमा जीवन विकास लघुवित्त, बिपिडब्लु लघुवित्त, स्वरोजगार लघुवित्त, नेरुडे लघुवित्त र धौलागिरी लघुवित्त रहेका छन् ।