७ अर्बको शेयर कारोबार हुदा बीमा कम्पनीहरुको प्रदर्शन कस्तो रह्यो ?
काठमाडौं । कारोबार साताको दोस्रो दिन अर्थात सोमबार शेयर बजारमा हरियाली छाएको छ । नेप्से परिसूचक ३८.१४ अंकले बढेर २०६०.४९ को विन्दुमा कायम भएको छ ।
शेयर बजार बढेसँगै लाइफ इन्स्योरेन्सको उपसूचक ० दशमलव ९५ अर्थात १०५ अंकले बढेर ११ हजार २२५ को विन्दुमा कायम भएको छ । सोमबार कारोबार भएका पाँच कम्पनीको शेयरमूल्य बढेको र पाँच कम्पनीको शेयरमूल्य घटेको छ । सोमबार लाइफ इन्स्योरेन्स कर्पोरेशनको १ हजार ४७८ रुपैयाँमा सर्वाधिक बढी मूल्यमा कारोबार भएको छ ।
निर्जीवन बीमा कम्पनीको उपसूचक आज ० दशमलव १२ प्रतिशत अर्थात १३.५३ अंकले बढेर ११ हजार ०५६ को विन्दुमा कायम भएको छ । निर्जीवन बीमा उपसूचकमा कारोबार भएका कम्पनीहरुमध्ये सात कम्पनीको शेयरमूल्य बढेको छ । भने पाँच कम्पनीको शेयरमूल्यमा गिरावट आएको छ ।