एनआईसी एशिया लघुवित्तको स्वतन्त्र सञ्चालकमा सरिता गौतम नियुक्त

२ पुष २०८०, सोमबार १६:३१

काठमाडौं । एनआईसी एशिया लघुवित्त को स्वतन्त्र सञ्चालकमा सरिता गौतम नियुक्त भएकी छिन् । संस्थाको पुष १ गते,सोमबार साँझ बसेको सञ्चालक समितिको बैठकले संस्थामा रिक्त रहेको संस्थाको स्वतन्त्र सञ्चालक पदमा नागार्जुन–०२, काठमाडौँ निवासी सरिता गौतमलाई नियुक्त गरेको हो ।

नवनियुक्त स्वतन्त्र सञ्चालक सरिता गौतमले पुष १ गते प्रचलित कानून तथा नियमानुसार संस्थाका अध्यक्ष सन्तोष कुमार राठी समक्ष शपथ ग्रहण गरी पद बहाल गरेकी हुन्। करिब १० वर्षको विभिन्न क्षेत्रहरुमा कार्यानुभव रहेको सरिता गौतम नेपाल धितोपत्र बोर्डको विभिन्न विभागमा अधिकृत तहमा समेत कार्यरत थिइन् ।

यस संस्थाका प्रमुख कार्यकारी अधिकृत, लक्ष्मण चालिसेले उच्चतम अनुभव प्राप्त व्यक्तिलाई १९५औँ सञ्चालक समितिको बैठकले संस्थाको स्वतन्त्र सञ्चालकमा नियुक्त गरेकोमा खुशी प्रकट गर्दै स्वागत गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*