कास्कीमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको बीमा जनसचेतना कार्यक्रम सम्पन्न

२ पुष २०८०, सोमबार १३:२३

काठमाडौँ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले कास्की जिल्लाको पोखरा पुम्दीभुम्दी स्थित शुक्रराज माबिमा उक्त कार्यक्रम आयोजना गरेको हो ।

भेटेनरी शिक्षा पठनपाठन हुने उक्त स्कुलका कक्षा ९, १०, ११, १२ का बिद्यार्थी र शिक्षक गरी करिव १०० जनाको उपस्थिती रहेको थियो । कार्यक्रममा कम्पनीको गण्डकी प्रदेशका प्रमुख गोबिन्द प्रसाद देबकोटाले निर्जिवन बीमाको बारेमा जानकारी गराएका थिए ।

त्यस्तै, कृषि तथा पशुपन्छि बीमाको बारेमा कम्पनीका प्राबिधिक नवराज पौडेलले प्रकाश पारे । कम्पनीको पृथ्वीचोक शाखा प्रमुख जीवलाल न्यौपानेले यस कार्यक्रमले आगामी दिनहरुमा बीमा गर्ने र दाबी भुक्तानी लिने सम्बन्धमा एउटा मार्गदर्शन प्रदान गर्ने विश्वास समेत ब्यक्त गरे ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*