कर्जा सूचना केन्द्रले डाक्यो साधारण सभा, नगद लाभांश पारित गर्ने

२ पुष २०८०, सोमबार ०९:५४

काठमाडौं । कर्जा सूचना केन्द्र लिमिटेडले १९औं वार्षिक साधारण सभा डाकेको छ । केन्द्रले पुस २३ गते सोमबारका लागि डाकेको हो । गत मंसिर २५ गते बसेको सञ्चालक समितिको १७२औं बैठकले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने गरी साधारण सभा ठाक्ने निर्णय गरेको थियो ।

साधारण सभामा गत आर्थिक वर्षको नाफा नोक्सान हिसाब, नगद प्रवाह वितरण लगायतका वित्तीय विवरणमा छलफल गरी पारित गर्ने कार्यसूची छ । यस्तै, सञ्चालक समितिले प्रस्ताव गरे अनुसार प्रतिशेयर २० रुपैयाँ अर्थात् चुक्ता पूँजीको २० प्रतिशतका दरले हुने रकम आठ करोड ७२ लाख ५० हजार ७६० रुपैयाँ नगद लाभांस वितरण गर्न स्वीकृत गर्ने प्रस्ताव समेत राखिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*