दिब्यश्वरी हाइड्रोपावरले हकप्रद शेयर निष्काशन गर्ने
१ पुष २०८०, आईतवार १६:३८
काठमाडौं । दिब्यश्वरी हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीको १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने भएको हो ।
कम्पनीको मंसिर २८ गते दिउसो ३ः३० बजे बसेको सञ्चालक समितिको बैठकले हकप्रद निष्काशन गर्ने निर्णय गरेको हो । कम्पनीले बैंक ऋण भुक्तानी गर्नका लागि हकप्रद निष्काशन गर्न लागेको जनाएको छ ।