आइएमई लाइफद्वारा मंसिर महिनामा झण्डै साढे तीन करोडको दावी भुक्तानी
१ पुष २०८०, आईतवार १६:२०
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एकै महिनामा झण्डै साढे तीन करोड बराबरको बीमा दावी भुक्तानी गरेको छ ।
कम्पनीले चालु आर्थिक वर्ष २०८०।०८१ को मंसिर महिनामा मात्र तीन करोड २२ लाख रुपैयाँको बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले मंसिर महिनामा कुल ३५ वटा विभिन्न खाले बीमालेखको बीमा दावी भुक्तानी गरेको हो ।
कम्पनीका चिफ एजेन्सि म्यानेजर गोविन्द जोशीले दावी परेको छोटो समयमा नै (बीमित) ग्राहकहरुलाई झन्झटरहित दावी भुक्तानी गर्नु कम्पनीको मूख्य उदेश्य रहेको बताएका छन् ।