उतारचढावकाबीच नेप्से २ हजारको विन्दुमा उक्लिदा ५ अर्बमाथिको शेयर कारोबार, हाईड्रोपावर सेक्टरमा उछाल

१ पुष २०८०, आईतवार १५:११

काठमाडौं । आइतबार नेप्सेमा उच्च उतारचढाव भएको छ । सरकाराले लगाएको भूतप्रभावी करको दबाव बजारमा पर्दा उच्च उतारचढाव भएको हो

।नेपाल स्टक एक्सचेन्चमा आइतबार प्रारम्भिक समयमा तीव्र उतारचढाव देखिएको छ । एफपीओको प्रिमियम र मर्जरको बार्गेन पर्चेज गेनमा शुक्रबार बैंक तथा बीमा कम्पनीहरुले सरकारविरुद्धको मुद्दा हारेपछिको लगानीकर्ताको विचलन नेप्से इन्डेक्समा देखिएको हो ।

बजार खुलेको ५ मिनेटमै सेयर बजार ४२.८२ अंकले घटेको थियो । बजार खुल्दा १९९४.६ अंकमा रहेको नेप्से परिसूचक ५ मिनेटभित्रमा १९५१.७४ अंकमा झरेको थियो ।

त्यसपछि उकालो लागेको बजार ११ बजेर ५७ मिनेटमा १० अंकले सकारात्मक बन्यो । नेप्से परिसूचक २००५.२१ अंकमा पुग्यो । एक घण्टाको अवधिमा नेप्सेमा ५३.४७ अंकको उतारचढाव देखियो ।

१२ बजेपछि पुनः घट्न थालेको बजार १२ बजेर ७ मिनेटमा १९८२.६२ अंकमा झरेको थियो । त्यसपछि केही बढेको बजार करिब ४५ मिनेट स्थिर बनेको छ । सवा १२ देखि १ बजेसम्म बजार स्थिर देखिएको हो ।
त्यसपछि बजार बन्द हुने समयसम्म नप्से २७।७५ अंकले बढेर २०२२।३५ को विन्दुमा कायम भएको छ।

सूचीकृत २९५ कम्पनीको १ करोड ७१ लाख ६६ हजार ४ सय ६५ कित्ता शेयर खरिदबिक्रि हुँदा ५ अर्ब १५ करोडको शेयर कारोबार भएको छ।आज तीन बाहेक सबैको उपसूचक उकालो लागेको छ। हाईड्रोपावरको उपसूचकमा आज उछाल छाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*