चार लघुवित्त कम्पनीको शेयरमूल्यमा सर्वाधिक गिरावट, कुनले कति गुमाए ?
१ पुष २०८०, आईतवार १५:१६
काठमाडौं । कारोबार साताको पहिलो दिन शेयर बजार दोहोरो अंकले बढेतापनि ८३ कम्पनीहरुको शेयरमूल्यमा गिरावट आएको छ ।
नेप्से परिसूचक आज २७ दशमलव ७५ अंकले बढेर २०२२ दशमलव ३५ को बिन्दुमा कायम भएको छ । शेयर बजारमा हरियाली छाएतापनि हिमालयन लघुवित्तको शेयरमूल्य ६ दशमलव ७७ प्रतिशतले सर्वाधिक गिरावट आएको छ ।
साथै, एनएमबि माइक्रोफाइनान्सको ५.०४ प्रतिशत, मानुषि लघुवित्तको ३.९३ प्रतिशत, कालिका लघुवित्तको ३.८५ प्रतिशतसहित अन्य कम्पनीहरुको शेयरमूल्यमा गिरावट आएको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासिक समीक्षाका कारणले उत्साहपूर्ण कारोबार भैरहेको शेयर बजारमा लघुवित्त कम्पनीहरुको शेयरमा चाँही उत्साह देखिएको छैन् ।