डाक्टरको लाइसेन्स परीक्षाको फाराम खुल्यो (सूचनासहित)
१ पुष २०८०, आईतवार १४:१६
काठमाडौं । चिकित्सकहरुको ६८औँ नाम दर्ता (लाइसेन्स) परीक्षाका निम्ति सोमबारदेखि आवदेन खुल्ने भएको छ । नेपाल मेडिकल काउन्सिलले आउँदो माघ १७ देखि १९ गतेसम्म लिने परीक्षाका निम्ति सोमबारदेखि अनलाइन फाराम खुल्न लागेको हो ।
माघ २ गतेसम्म नियमित शुल्कमा र ३ र ४ गते विलम्ब शुल्कसहित आवेदन दिन पाइने नेपाल मेडिकल काउन्सिलले जनाएको छ । परीक्षा इनिजनियरिङ अध्ययन संस्थान पुल्चोकमा कम्प्युटर प्रविधिबाट हुने बताइएको छ ।