पाँचथरको चिवाभञ्ज्याङमा राष्ट्रिय झण्डा फहराएर सकियो एमालेको संकल्पयात्रा

१ पुष २०८०, आईतवार १३:५६

काठमाडौं । प्रमुख प्रतिपक्ष एमालेको संकल्पयात्रा पाँचथरको चिवाभञ्ज्याङमा राष्ट्रिय झण्डा फहराएर समापन भएको छ । आइतबार पाँचथरको चिवाभञ्ज्याङमा अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय झन्डा फहराएर अभियान समापन गरेका हुन् ।

गएको मंसिर १४ गते बैतडीको झुलाघाटमा राष्ट्रिय झन्डा फहराएर मध्यपहाडी लोकमार्गकेन्द्रित यात्राको सुरुआत गरेको एमालेले १८औँ दिनमा आइतबार टुंग्याएको हो । अध्यक्ष ओलीले यात्राका क्रममा स्थानीयको समस्या बुझेर समाधानको बाटो पहिल्याएको बताएका छन् ।

ओलीले फेसबुकमा, ‘यो यात्रामा हामीले स्थानीयका समस्या बुझ्यौँ । उहाँहरूकै अपेक्षाअनुसारको समाधान पहिल्याउने बाटो खोज्यौँ’ भनी लेखेका छन् ।  एमालेले मध्यपहाडी क्षेत्रको बसाइँसराइ रोक्न भूमिका खेल्ने लक्ष्य राखेर संकल्प यात्रा गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*