कामना र एनएमबि बैंकले मर्जर तथा प्राप्ति र एफपीओबापतको सरकारलाई बुझायो कर
कामना सेवा विकास बैंक र एनएमबि बैंकले मर्जर तथा प्राप्ति र एफपीओबापतको सरकारलाई बुझायो कर
काठमाडौं । कामना सेवा विकास बैंक र एनएमबि बैंकले मर्जर तथा प्राप्ति र एफपीओबापतको सरकारलाई कर बुझाएका छन् ।
एनएमबि बैंकले ठूला करदाता कार्यालयमा १ अर्ब ८४ करोड ३४ लाख ४४ हजार २२१ रुपैयाँ कर र कामना सेवा विकास बैंकले २ करोड ६२ लाख ६६ हजार ५८६ रुपैंया बुझाएको छ ।
चालू आर्थिक वर्ष २०८०÷ ०८१ को बजेट मार्फत सेयर प्रिमियम र पर्चेज गेनमा कर लाग्ने गरी व्यवस्था भएको र हालै मात्र भएको सर्वोच्च अदालतको निर्णयका आधारमा कर तिरेको कम्पनीले हो ।
करदाता कार्यालयका अनुसार ४१ वटा कम्पनीहरुले एफपीओबाट हुने लाभको कर बुझाएका छन् भने ती मध्ये १४ वटा संस्थाले एफपीओ र बार्गेन पर्चेजबाट भएको लाभको कर पनि बुझाएका छन्।