एनसेलको शेयर किनबेचविरुद्ध सांसद सिंहले हालेको रिटको पेशी फेरि स्थगित

१ पुष २०८०, आईतवार ११:३७

काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक एनसेलको ८० प्रतिशत शेयर किनबेच विवादसम्बन्धी रिटको पेशी फेरि स्थगित भएको छ । सर्वोच्चका न्यायाधीश शुष्मालता माथेमाको इजलासमा परेको पेशी विवेदकको कानून व्यवसायीका तर्फबाट स्थगनको निवेदन परेपछि छैटौं पटक पेशी स्थगित भएको हो ।

स्वतन्त्र सासद अमरेशकुमार सिंहले दर्ता गरेको रिटमाथिको यो छैटौं पेशी हो । यसअघि पाँच पटक पेशी तोकिए पनि सुनुवाई हुन सकेको थिएन । मलेसियन आजियटा ग्रुप बरहादले १ खर्ब ४३ अर्ब रुपैयाँमा किनेको एनसेलको शेयर करिब ६ अर्ब ६५ करोड (५ करोड अमेरिकी डलर)मा विक्री गर्ने सम्झौता सार्वजनिक भएपछि यो विवाद सर्वोच्च न्यायलयसम्म पुगेको हो ।

नेपाली मूलका लगानीकर्ताको बेलायती कम्पनी स्पेक्ट्रलाइट यूकेले आजियटाको ८० प्रतिशत शेयर खरिद गर्ने सम्झौता गरेको बताइँदै छ । यस विषयमा छानबिनका लागि सरकारले उच्चस्तरीय समिति गठन गरिसकेको छ ।

सांसद सिंहले ऐनसेलको शेयर किनबेच प्रक्रिया तत्काल रोक्न र कानूनी मान्यता नदिने अन्तरिम आदेश हुनुपर्ने माग गरेर गएको मंसिर २२ गते रिट दर्ता गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*