बिग ईण्डष्ट्रिजले आईपीओ निष्काशन गर्ने, बोलायो साधारण सभा

१ पुष २०८०, आईतवार १०:३८

काठमाडौं । बिजनेश ईन्टरेष्ट ग्रुप अफ ईण्डष्ट्रिज लिमिटेड अर्थात् बिग ईण्डष्ट्रिजले वार्षिक साधारण सभा आह्वान गरेको छ ।

कम्पनीले उक्त साधारण सभामा आइपीओ निष्काशनको प्रस्ताव पेश गर्नेछ । कम्पनीले आईपीओ निष्काशन गर्ने विशेष प्रस्ताव सहित पुस २४ गते साधारणसभा आह्वान गरेको छ ।

कम्पनीको सभामा पेश हुने विशेष प्रस्तावमा आईपीओ निष्काशन गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने पस्ताव उल्लेख छ ।

साधारण प्रस्तावमा आर्थिक वर्ष २०७९।०८० को संचालक समितिको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, आव २०७९।०८० को लेखा परिक्षकको प्रतिवेदन र अनुसूची सहितको वित्तीय विवरणहरु उपर छलफल गरि पारित गर्ने, कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आव २०८०र०८१ को लागि लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने र संचालकको नियुक्ति अनुमोदन गर्ने उल्लेख छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*