नेप्सेले निबन्ध प्रतियोगिता गर्दै, यसरी पठाउनुस् निबन्ध (सूचनासहित)

१ पुष २०८०, आईतवार १०:१७

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिडेट (नेप्से)ले आफ्ना ३१औं वार्षिकोत्सवका अवसरमा पुँजी बजार सम्बन्धी निबन्ध प्रतियोगिता आयोजना गर्ने भएको छ ।

प्रतियोगिताका लागि नेपालका विभिन्न विश्वविद्यालय तथा त्यस अन्तर्गतका कलेज अथवा क्याम्पसमा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुबाट ‘नेपालमा सदृढ पुँजी बजारका लागि लगानीकर्ता साक्षरता’ शीर्षकमा पुस १५ गतेभित्र नेप्सेमा पेश गर्न भनिएको छ ।

निबन्धका लागि विभिन्न ८ वटा शर्तहरु तोकिएको छ भने त्यसरी पेश भएका निबन्ध प्रतियोगितामा पेश गर्ने नगर्ने सम्पूर्ण अधिकार नेप्सेमा रहने भनिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*