नेप्सेले वार्षिकोत्सवको अवसरमा पुँजी बजार सम्बन्धी निबन्ध प्रतियोगिता आयोजना गर्ने
२९ मंसिर २०८०, शुक्रबार १६:११
काठमाडौं । नेप्सेले आफनो ३१ औं वार्षिकोत्सवको अवसरमा पुँजी बजार सम्बन्धी निबन्ध प्रतियोगिता आयोजना गर्ने भएको छ।“नेपालमा सुदृढ पुँजी बजारका लागि लगानीकर्ता साक्षरता” शिर्षकमा निबन्ध लेखेर उत्कृष्टलाई बार्षिकोत्सवको दिन पुरस्कार हस्तान्तरण गर्ने भएको छ ।
प्रतियोगिताका विश्वविद्यालय तथा सो अन्तर्गतका कलेज क्याम्पसमा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुले यस निबन्ध पुस १५ गते भित्र नेप्सेमा पेश गर्नु पर्ने नेप्सेले जनाएको छ।
नेप्सेका अनुसार प्राप्त निबन्धहरु मध्ये उत्कृष्टताको आधारमा प्रथम हुनेलाई ७५ हजार, दोस्रो हुनेलाई ५० हजार र तेस्रो हुनेलाई २५ हजार पुरस्कार प्रदान गरिने छ ।