विकास बैंक परिसूचकमा ५२ अंकको उछाल, कुन बैंकको शेयरमूल्य कति?
३० मंसिर २०८०, शनिबार ०६:११
काठमाडौं । साता कारोबारको अन्तिम दिन विकास बैंकमा हरियाली छाएर नेप्से बन्द भएको छ । बिहीबार विकास बैंक परिसूचक ५२.११ अंकले बढेर ३९४१.६८ को विन्दुमा कायम भएको हो ।
बिहीबार विकास बैंक उपसूचकमा १.३३ प्रतिशतको उछाल आउँदा १४ वटा विकास बैंकहरुको शेयरमूल्यमा हरियाली छाएको छ । उक्त दिन एकमात्र लुम्बिनी विकास बैंकको शेयरमूल्यमा ०.१२ प्रतिशतको गिरावट आएको हो । त्यस्तै, सो दिन मुक्तिनाथ विकास बैंकको शेयरमूल्यमा भने कुनै परिवर्तन आएको छैन्।
बिहीबार सिन्धु विकास बैंकको शेयरमूल्य सर्वाधिक ४.२८ प्रतिशतले बढेकोे हो।