कस्तो रह्यो यो साता फाईनान्स कम्पनीहरुको शेयर कारोबार? (एलटीपीसहित)
२९ मंसिर २०८०, शुक्रबार १९:२०
काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्सेमा झिनो अंकको सुधार देखियो । नेप्सेमा सामान्य सुधार देखिएसँगै बिहीबार फाईनान्स उपसूचक ०.३६ प्रतिशतले उचालिएको हो।
बिहीबार फाइनान्स परिसूचक ६.४३ अंकले बढेर १७७९.४६ विन्दुमा कायम हुन पुग्यो। सो दिन जम्मा १५ फाइनान्स कम्पनीहरु नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबारमा आएका थिए।
कारोबारमा आएका फाईनान्स कम्पनीहरुमध्य ८ फाइनान्स कम्पनीको शेयरमूल्य बढ्यो भने ६ वटा फाईनान्स कम्पनीहरुको शेयरमूल्य घटेको हो। बाँकी रहेको एक फाईनान्स कम्पनीको शेयरमूल्यमा भने कुनै हलचल आएन ।