सैनिक मञ्चमा मनायो काठमाडौं महानगरले ‘महानगर दिवस’ (फोटोसहित)

२९ मंसिर २०८०, शुक्रबार १२:५०

काठमाडौं । मुलुक कै जेठो महानगर काठमाडौं महानगरपालिकाले सैनिक मञ्च टुँडिखेलमा भव्य समारोहबीच शुुक्रबार २९औं महानगर दिवस मनाएको छ । प्रधानमन्त्री प्रचण्डलाई प्रमुख अतिथिका रूपमा सैनिक मञ्च बोलाएको महानगरले उपत्यकासहित विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरुलाई समेत आमन्त्रण गरेको थियो ।

धरानका मेयर हर्क साम्पाङ्ग, बलिउड अभिनेत्री मनिषा कोइराला, नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्का, डा.सन्दुक रुइतलगायत महानगर दिवस समारोहमा सहभागि भए । कार्यक्रममा मेयर बालेन्द्र साह, उपमेयर सुनिता डंगोलसहित ३२ वडाका जनप्रतिनिधि, कर्मचारी तथा मेयर साहकी पत्नी सविना काफ्ले समेत सहभागि भईन् ।

विभिन्न धर्म संस्कृति र जातजातिको पहिचान झल्किने सांस्कृतिक प्रस्तुति राखिएको दिवसको औपचारिक समारोहमा नगर प्रहरी, नेपाल प्रहरीलगायतले फौजी कौशल प्रस्तुत गरे । महानगर दिवसको अवसर पारेर काठमाडौं महानगरले समाजमा महत्वपूर्ण योगदान गर्ने व्यक्तित्वहरुलाई कदरस्वरूप सम्मानसमेत गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*