९ बीमा कम्पनीको शेयरमूल्य बढ्दा १४ को घट्यो (एलटीपीसहित)
काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक ६.५५ अंकले बढेर १९९४.६० को विन्दुमा कायम रह्यो । नेप्सेमा सामान्य अंकको सुधार आएसँगै ९ बीमा कम्पनीको शेयरमूल्य बढ्दा १४ बीमा कम्पनीहरुको शेयरमूल्यमा गिरावट आएको हो ।
जीवन बीमा
बिहीबार जीवन बीमा परिसूचक १५.०३ अंकले घटेर ११०९४.९३ विन्दुमा कायम भयो । उक्त दिन जीवन बीमा उपसूचकमा ०.१३ प्रतिशतको गिरावट आउँदा जम्मा तीन जीवन बीमा कम्पनीको शेयरमूल्य बढ्यो भने बाँकीका ८ बीमा कम्पनीहरुको शेयरमूल्यमा गिरावट आएको हो ।
निर्जीवन बीमा
साता कारोबारको अन्तिम दिन निर्जीवन बीमा परिसूचक ५५.७१ अंकले बढेर १०९३०.५२ को विन्दुमा कायम रह्यो। बिहीबार निर्जीवन बीमा उपसूचक ०.५१ प्रतिशतले बढ्दा ६ निर्जीवन बीमा कम्पनीहरुको शेयरमुल्य बढ्यो भने बाँकीका ६ कम्पनीहरुको शेयरमूल्य घटेको हो ।