शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको शेयर लिलामीमा, न्यूनतम मूल्य कति?

२९ मंसिर २०८०, शुक्रबार ११:२१

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले २ लाख ४ हजार ५३७ कित्ता संस्थापक शेयर आजदेखि लिलाम बिक्रीमा ल्याएको छ।

प्रूडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रालिको स्वामित्वमा रहको उक्त शेयरको न्यूनतम मूल्य १४० रुपैयाँ प्रतिकित्ता तोकिएको छ। सो शेयर खरिद गर्न इच्छुक जो–कोहीले प्रतिस्पर्धात्मक मूल्य कबोल गरी पुस ६ गतेसम्म आवेदन दिन सक्नेछन्।

खरिदकर्ताले आवेदन एनआईसी एशिया क्यापिटल लिमिटेड थापाथली काठमाडौंमा आईपुग्नेगरी दिनुपर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*