कुमारी बैंकले शेयरधनीलाई लाभांश नदिने
२९ मंसिर २०८०, शुक्रबार १०:४९

काठमाडौं । कुमारी बैंक लिमिटेडले गत वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ। बैंकको मंसिर २८ गते बसेको संचालक समितिको बैठकले यस्तो निर्णय गरेको हो।
त्यस्तै, बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण पारित गरी सोको स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय पनि गरेको छ। यस बैंकले अघिल्लो आवमा भने १२.७० प्रीतशत नगद लाभांश वितरण गरेको थियो ।
Loading...