प्रभु महालक्ष्मी लाइफको जनकपुर शाखाद्वारा प्राणघातक रोग विरुद्ध दावी भुक्तानी
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको जनकपुर शाखाले प्राणघातक रोग विरुद्ध धनुषा जिल्ला नगराइन नगरपालिका वडा नं ४ फुलगमा निवासी बीमित राम सुदिष्ट साह सुडिलाई ५ लाख रुपैयाँको दावी भुक्तानी गरेको हो ।
कम्पनीको जनकपुर शाखा तथा नगराइन नगरपालिकाका मेयर बिनय कुमार यादवको अध्यक्षतामा नगराइन नगरपालिका वडा नम्बर ४ मा स्थानीयहरुको माझमा जीवन बीमा सम्बन्धि जनचेतना मुलक कार्यक्रम गरेको थियो। उक्त कार्यक्रमका प्रमुख अतिथि नगराइन नगरपालिकाको मेयर बिनय कुमार यादवले एक घर एक घरमुलीको बीमा गर्नु पर्ने बताए ।
साथै, बिशेष अतिथी कम्पनीको उपक्षेत्रीय प्रमुख एलबि थापा मगरले जीवन बीमाको विभिन्न फाइदाहरुको बारेमा जानकारी गराए भने शाखा प्रमुख राम बरण मण्डलले जनमानसमा जीवन बीमा दाबी भुक्तानीमा असहजता भएको गुनासो प्रती सहजताको प्रक्रियाको बारे प्रकाश पार्नुको साथै जीवन बीमा गराउनको लागि अनुरोध गरेका थिए ।
कार्यक्रममा जनकपुर शाखाको वरिष्ठ एजेन्सी म्यानेजरहरु राम चन्द्र साह, ,रेनु साह, जीबछ महतो, सीता शरण महतो, रोहन घतानी, एजेन्सी म्यानेजरहरू मो. रिता देबी साह, सुरेन्द्र महतो लगायत स्थानीयहरूको भब्य उपस्थिति रहेको थियो ।