आठ कम्पनीको शेयरमा सकारात्मक सर्किट, कुनले कति कमाए ?

२८ मंसिर २०८०, बिहीबार १५:१३

काठमाडौं । कारोबार साताको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार झिनो अंकले बढेसँगै आठ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज नेप्से परिसूचक ६ दशमलव ३० अंकले बढेर १९९४ दशमलव ३५ को विन्दुमा कायम भएको छ ।

बिहीबार नेप्सेमा कारोबार भएका कम्पनीहरुमध्ये १४० कम्पनीको शेयरमूल्य बढेको छ । जसमा बोटलर्स नेपाल, हिमालयन लघुवित्त, नेपाल हाइड्रोपावर, नेपाल रिपब्लिक मिडिया, नेपाल इन्स्योरेन्स लगायतका कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*