महँगी करिव ३ प्रतिशत बिन्दुले घट्यो, ५.३८ प्रतिशतमा सीमित
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०र८१ को पहिलो चार महिनाको मुलुकको आर्थिक तथा वित्तीय स्थिति विवरण सार्वजनिक गरेको छ ।
सार्वजानिक विवरणअनुसार गत कात्तिक मसान्तसम्ममा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ५ दशमलव ३८ प्रतिशत छ । गतवर्षको सो अवधिको तुलनामा भने मुद्रास्फीति २।७ प्रतिशत बिन्दुले कमी हो । गतवर्षको यस अवधिमा यस्तो मुद्रास्फीति ८।०८ प्रतिशत थियो ।
त्यस्तै चालु आर्थिक वर्षको असोज महिनासम्म पनि वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७।५ प्रतिशत रहेको थियो । यता, सरकारले चालु आर्थिक वर्षका लागि मुद्रास्फीति साढे ६ प्रतिशतभित्र काय राख्ने लक्ष्य राखेको छ । सरकारको लक्ष्यभन्दा भन्दा पनि कम मुल्यवृद्धि भएको हो ।
चालु यसअवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६ं दशमलव ०१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४ दशमलव ८९ प्रतिशत रहेको छ ।