जाजरकोट भूकम्प प्रभावितलाई हिमालयन एभरेष्टको सहयोग

२८ मंसिर २०८०, बिहीबार १३:२२

काठमाडौं । हिमालयन एभरेष्ट ईन्स्यारेन्स लिमिटेडले जाजरकोट भूकम्प प्रभावितलाई १० लाख ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ।

गत कात्तिक १७ गते मध्यरातमा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिमका विभिन्न ठाउहरुमा ठूलो भौतिक तथा मानविय क्षति भएको थियो । उक्त भूकम्पबाट स्थानिय जनतामा परेको आर्थिक क्षतिमा कम्पनीको तर्फबाट सहानुभूती पूर्वक सो सहयोग उपलब्ध गराइएको बताइएको छ।

कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाहले कर्णाली प्रदेशका स्थानिय मामिला तथा कानून मन्त्री कृष्ण बहादुर जि।सी। लाई कर्णाली प्रदेश मन्त्रीपरिषदको कार्यालय सुर्खेतमा एक संक्षिप्त कार्यक्रम गरी उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।

सो कार्यक्रममा कर्णाली प्रदेश सरकारको प्रमुख सचिव, चुडामणी पौडेल, बीमा प्राधिकरण कर्णाली प्रदेश प्रमुख पद्म सोडारी लगायतका अन्य अतिथिसहित यस कम्पनीका प्रबन्धक निर्गुण प्रकाश सिंह तथा स्थानीय शाखा प्रखुमको उपस्थिति रहेको थियो ।

उक्त अवसरमा कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण बहादुर जि।सी।ले बीमा सचेतनामा अभिवृद्धि तथा स्थानिय जनतालाई बीमाको दायरामा ल्याउन विशेष योजना बनाइने बताउँदै संघियताको मर्मलाई आत्मसात गर्दै सहयोग रकम कर्णाली प्रदेश सरकार कै विपद कोषमा जम्मा हुने व्यवस्था गरिएकोमा कम्पनीलाई विशेष धन्यवाद दिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*