साना किसान विकास लघुवित्तको लाभांश संशोधन

२८ मंसिर २०८०, बिहीबार १०:४५

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७९।०८० को मुनाफाबाट शेयरधनीलाई लाभांश घोषणा गरेको हो ।

संस्थाले चुक्ता पूँजीको १५ प्रतिशत बोनश र ५ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । संस्थाको मंसिर २४ गते अर्थात आज बसेको सञ्चालक समितिको बैठकको निर्णयले सो लाभांश घोषणा गरेको हो ।

लघुवित्तले घोषणा गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंक र संस्थाको आगामि वार्षिक साधारण सभाले पारित गरेपश्चात लगानीकर्ताहरुले पाउने भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*