आईपीओ निष्कासनको प्रस्तावसहित जय अम्बे स्टिल्सले बोलायो साधारण सभा

२८ मंसिर २०८०, बिहीबार १०:०५

काठमाडौं । जय अम्बे स्टिल्सले आर्ईपीओ निष्कासनको प्रस्तावसहित साधारण सभा बोलाएको छ। कम्पनीले वार्षिक साधारण सभा पुस २६ गते बिहीबार बोलाएको हो।

सभाले कम्पनीको अधिकृत पूँजी बढाउने र सर्वसाधारणमा आइपीओ जारी गर्ने प्रस्ताव अघि सार्नेछ। सभाबाट पारित भएपछि कम्पनीले बिक्री प्रबन्धक नियुक्ति गर्ने र धितोपत्र बोर्डसँग अनुमति लिने प्रकृया अघि बढाउने छ।

त्यस्तै, सभाले लेखापरीक्षकको नियुक्ती तथा पारिश्रमीक निर्धारण गर्ने , संचालक समितिको गठन तथा वार्षिक साधारण सभाको माइन्युटमा हस्ताक्षर गर्न प्रतिनिधि चयन गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*