नबिल बैंक र नेपाल एसबीआई बैंकको लाभांश सुनिश्चित गर्ने आज अन्तिम दिन

२८ मंसिर २०८०, बिहीबार ०७:४६

काठमाडौं । नबिल बैंक र नेपाल एसबीआई बैंकको लाभांश सुरक्षित गर्ने आज (मंसिर २८ गते) बिहीबार अन्तिम दिन हो । यी दुबै बैंकले साधारण सभा प्रयोजनार्थ भोलि (मंसिर २९ गते) शुक्रबार बुक क्लोज गर्दैछन् । जसअनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनी बैंकको सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

नेपाल एसबीआई बैंकले गत आवको नाफाबाट शेयरधनीलाई ३.७५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ६.८० प्रतिशत नगद लाभांश वितरण गर्दैछ । लाभांश प्रस्ताव पारित गर्न यस बैंकले पुस १३ गते त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकाली काठमाडौंमा बिहान ११ बजेदेखि सभा बोलाएको छ।

नबिल बैंकले गत आवको नाफाबाट चुक्ता पुँजीको ११ प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्दैछ । लाभांश पारित गर्न यस बैंकले पुस १२ गते बिहीबार आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा बिहान १० बजेदेखि सभा बोलाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*