मितेरी डेभलपमेन्ट बैंकको बोनश शेयरको मूल्य समायोजन

२७ मंसिर २०८०, बुधबार १६:५०

काठमाडौं । नेपाल स्टक एक्कसचेन्ज (नेप्से) मा थप एक बैंकको बोनश शेयर मूल्य समायोजन भएको छ । बुधबार नेप्सेले मितेरी डेभलपमेन्ट बैंकको बोनश शेयर मूल्य समायोजन गरेको हो ।

नेप्सेले आज बैंकको ९ दशमलव ५० प्रतिशत बोनस शेयरको समायोजन पछि शेयर मूल्य तीन सय ९० दशमलव ८७ रुपैयाँ तोकेको छ । नेप्सेले बुधबार कायम अन्तिम शेयर मूल्य चार सय २८ रुपैयाँको आधारमा शेयरमूल्य समायोजन गरेको हो ।

आउदो वार्षिक साधारणसभाबाट पारित भएपश्चात बैंकका शेयरधनीहरुले सो बोनश शेयर पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*