नेप्से १९ को विन्दुमा कायम, विकास बैंकको उपसूचकमा उछाल
२७ मंसिर २०८०, बुधबार १५:१३
काठमाडौं । साताको चौथौ दिनमा नेप्से २।६० अंकले बढेर १९८८।०४ को विन्दुमा कायम भएको छ । साताको पहिलो दिन उछाल आएको नेप्से दोस्रो दिन घट्दै तेस्रो दिनमा बढेर आज हरीयालीमा नै बन्द भएको छ।
मौद्रिक निति र आज अर्थमन्त्रीको प्रेस सम्मेलनपश्चात् आम लगानीकर्ताहरुमा हौसला प्रदान भएको शेयर बिश्लेषकहरु बताँउछन् ।
आज सूचीकृत २९२ कम्पनीको १ करोड २० लाख ९५ हजार ५ सय ३९ कित्ता शेयर खरिदबिक्रि हुँदा ३ अर्ब ९० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
चार उपसूचक बाहेक सबैमा हरीयाली छाएको छ। आज विकास बैंकको उपसूचकमा उछाल आएको छ।