तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

२७ मंसिर २०८०, बुधबार १५:०७

काठमाडौं । कारोबार साताको चौथो दिन अर्थात बुधवार नेप्से परिसूचक झिनो अंकले बढेको छ । कारोबार खुलेको केही समयानै २ हजारको विन्दुमा उक्लिएको शेयर बजार फेरी १९ सयको विन्दुमा कायम भएको छ ।

बुधबार नेप्से परिसूचक २ दशमलव ६० अंकले बढेर १९८८ दशमलव ०४ को विन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै आज कारोबार भएका कम्पनीहरुमध्ये १३४ कम्पनीको शेयरमूल्य बढेको छ ।

बोटलर्र्स नेपाल, मोलुङ्ग हाइड्रोपावर र घलेमी हाइड्रोपावर कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । साथै यी वाहेका अन्य केही कम्पनीको शेयरमूल्यमा आज हरियाली छाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*