विज्ञापन व्यवसायी शाक्य प्रतिष्ठित इसीआई अवार्डबाट सम्मानित

२७ मंसिर २०८०, बुधबार १४:००

काठमाडौं । विज्ञापन व्यवसायी उजय शाक्य प्रतिष्ठित इसीआई इन्नभोटिभ मार्केट अफ् द इयर बाट २०२३ द्वारा सम्मानित भएका छन् । अवार्ड डिसेम्बर ७ मा चीनको वुहानमा आयोजना भएको इसीआई फेष्टिभलले आयोजना गरेको गाला इभेण्टमा प्रदान गरिएको हो ।

कार्यक्रममा दक्षिण एशियाको एक अभियन्ताको रुपमा आफ्नो परिचय बनाइसकेका शाक्यलाई यस क्षेत्रमा विज्ञापन र बजारीकरणका लागि गरेको योगदानको कदर गर्दै सम्मान गरिएको हो ।

उनले डेटामार्फत सञ्चालित संसारमा मानवीय भावनाको दिगो महत्वमाथि आफ्नो धारणा राखेका थिए । सो कार्यक्रममा विश्वका विभिन्न १३ राष्ट्रका प्रतिनिधि भेला भएर विकासका विभिन्न आयाममा छलफल गरेका थिए ।

यो पहलको उद्देश्य सभ्यताको भविष्यको सशक्तिकरणमा डिजिटलाइजेसनको प्रयोग गरेर दिगो विकास वातावरण प्रणालीको निर्माण गर्नु रहेको बताइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*