नेप्से २ हजार विन्दु माथि उक्लियो
काठमाडौं । यो साता शेयर बजार सुखदमय रह्यो । साताको पहिलो दिनमा नै उछाल आएको शेयर बजार दोस्रो दिन घट्दै तेस्रो दिनमा पुन सम्हालिन पुगेको थियो ।
शेयर बजारमा आज पनि सुखद संकेत देखिएको छ। बीमापोष्टले यो समाचार तयार पार्दासम्ममा नेप्से ३० अंकले बढेको छ।नेप्से उकालो लाग्दा २०१६।१७ को विन्दुमा उक्लिन सफल भएको छ।
लगानीकर्ताको मनोबल उच्च हुँदा सूचकमा उत्साह देखिएको हो । लामो समयदेखि शिथिल बनेको बजारमा केन्द्रीय बैंकले नीतिगत लचकता देखाएपछि उत्साह बढेको हो । यस्तै, घट्दो बैंक ब्याजदर र बढ्दो तरलता अवस्थाले पनि सेयर बजार माथि जान सहयोग गरेको हो । बजार बढ्न थालेसँगै नयाँ लगानीकर्ताको पनि प्रवेश हुन थालेको ब्रोकरहरुको भनाई छ । पछिल्ला दिनहरुमा केही कम्पनीहरुको भाउ मज्जाले बढ्न थालिसकेको छ । यसबाट पनि लगानीकर्ता थप आकर्षित हुन थालेको अनुमान गरिएको छ । सेयरमा प्रवाह हुने कर्जामा जोखिमभार घट्नु, ब्याजदर घटाउने नीति लिइएकाले सेयर बजार दीर्घकालीन सुधारको बाटामा लागेको विश्लेषण हुन थालेको छ । यद्यपि, बजार तलमाथि हुँदै माथिल्लो यात्रा तय हुनेछ ।