श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको लाभांश घोषणा
२७ मंसिर २०८०, बुधबार १०:१०
काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको हो ।
कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीको ५ दशमलव ०५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको २९औं वार्षिक साधारण सभाबाट पारित भएपश्चात शेयरधनीले पाउनेछन् ।
ivi