‘द भ्वाइस अफ नेपाल – सिजन ५’ को एक मात्र भोटिङ पार्टनर ‘खल्ती’

२६ मंसिर २०८०, मंगलवार १७:२९

काठमाडौं । नेपालको अनलाइन भुक्तानी सेवा प्रदायक ‘खल्ती’ले ‘द भ्वाइस नेपाल’ सँग एक मात्र भोटिङ र टिकटिङ्ग पार्टनरको रुपमा साझेदारी गरेको छ। यस साझेदारी पश्चात अब खल्ती प्रयोगकर्ताले आफुलाई मनपर्ने ‘द भ्वाइस अफ नेपाल – सिजन ५’ का सहभागीलाई ‘खल्ती’ मार्फत् भोट गर्न सक्नेछन् ।

‘द भ्वाइस’ अन्तर्राष्ट्रिय रियालिटी टिभी गायन प्रतियोगिताको एक फ्रान्चाईज हो जुन नेपालमा सन् २०१८ मा ‘द भ्वाइस नेपाल’ नामक टेलिभिजन शोबाट सुरु भएको थियो। धेरै दर्शकको मन जित्न सफल भएको, ‘द भ्वाइस’ ले यस अघि ४ शृङ्खलाहरूमा “द भ्वाइस नेपाल” साथै बालबालिकाहरूलाई केन्द्रित गरि आयोजना गरेको ‘द भ्वाइस किड्स नेपाल’ पनि संचालन गरिसकेको छ। लगातारको सफलता पछि यस पटक युवाहरुलाई लक्षित गरि ‘द भ्वाइस अफ नेपाल’को पाचौँ शृङ्खला अगि बढाएको छ।

रियालिटी शो ‘द भ्वाइस नेपाल’ हिमालयन टिभीमा हरेक शुक्रबार र शनिबार राति ८ बजे प्रसारण हुनेछ। कार्यक्रममा कोच–निर्णायकको रूपमा गायक उदय सोतांग , प्रमोद खरेल , राजेश पायल राई र गायिका मिलन नेवारलाई देख्न सकिन्छ। ब्लाइन्ड अडिसन राउन्डबाट सुरु भएको यस कार्यक्रमको ब्याटल राउन्ड र नक आउट राउण्ड पनि समापन भएको छ। ब्याटल राउन्डको अन्त्य संगै अब लायीभ राउण्ड सुरु भएको छ जसमा दर्शकहरूले आफ्नो मनपर्ने ट्यालेन्ट लाई ‘खल्ती’ एप प्रयोग गरि भोट गर्न सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*