आठ कम्पनीको शेयरमा सकारात्मक सर्किट, कुनले कति कमाए ?
२६ मंसिर २०८०, मंगलवार १५:०५
काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजारमा हरियाली छाएको छ । कारोबारको अघिल्लो दिन दोहोरो अंकले घटेको शेयर बजार आज बढ्न पुगेको हो ।
मंगलबार शेयर बजार ३३ दशमलव ६४ अंकले बढेर १९८२ दशमलव २२ को विन्दुमा कायम भएको छ । नेप्सेमा हरियाली छाएसँगै कुल २०८ कम्पनीको शेयरमूल्य बढेको छ ।
शेयर बजार बढेसँगै आठ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा बोटलर्स नेपाल, धौलागिरी लघुवित्त, नेपाल रिपब्लिक मिडिया, सोनापुर मिनिरल्स, सानिमा लार्ज फण्ड लगायतका अन्य कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।