जन्मदिनमा रामग्राम पुगेर प्रचण्डले भने-‘सिंगो विश्वलाई शान्तिको बढी खाँचो छ’

२६ मंसिर २०८०, मंगलवार १४:३१

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले अहिले सिंगो विश्वलाई शान्तिको बढी खाँचो रहेको बताएका छन् । नवलपरासीको रामग्राममा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले बुद्धका सिद्धान्त, विचार र दर्शन अहिलेको सन्दर्भमा झन् बढी औचित्यपूर्ण भएको बताए ।

राष्ट्र संघका महासचिवले हालै गरेको भ्रमणले नेपालमा शान्तिको कामना र जलवायु परिवर्तनको असरलाई विश्वव्यापी बनाउन सघाउ पुगेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘मैले राष्ट्र संघका महासचिवलाई नेपालमा जलवायु परिवर्तनको प्रभावको अवलोकन गर्न निमन्त्रणा गरेको थिएँ । उहाँको आगमनले नेपालको शान्तिको कामना र जलवायु परिवर्तनको असरबाट नेपाल र नेपाली जनताको रक्षाका निम्ति एउटा नयाँ प्रतिबद्धता प्रस्तुत गर्नुभएको छ ।’

जलवायु परिवर्तनका कारण नेपालले खेपेको प्राकृतिक प्रकोपबारे विश्वको ध्यान खिच्न आफू सफल भएको पनि प्रधानमन्त्री प्रचण्डले बताएका छन् । प्रधानमन्त्री प्रचण्ड आफ्नो जन्मदिनमा नवलपरासीको रामग्राम पुगेका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*